खुमलटार पुगेर क्रान्तिकारीका नेताले प्रचण्डसँग गरे यस्तो वाचा – Nepal Press

खुमलटार पुगेर क्रान्तिकारीका नेताले प्रचण्डसँग गरे यस्तो वाचा

सम्मेलन असफल भएको होइन, दुष्प्रचार नगरौँ : रमेश मल्ल

काठमाडौं । माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सम्मेलन अनिश्चितकालका लागि स्थगित भएपछि अध्यक्ष प्रचण्डले अध्यक्ष मण्डलसँग छलफल गरेका छन्।

आज बिहान खुमलटार बोलाएर प्रचण्डले सम्मेलनलाई सम्पन्न गराउने विषयमा छलफल गरेका हुन्।

देशमा आएको अविरल वर्षा, बाढी, पहिरो र ठुलो जनधनको क्षतिका बीच सुरु भएको बन्दसत्र प्रतिकूल मौसम, तयारीमा देखिएको अपूर्णता र उमेर हदको गम्भीर बहस आदिको बीचबाट अरू केही दिन लम्बिने निश्चित भएको पार्टीको सल्लाह अनुसार सम्मेलन स्थगित गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताएका छन्।

उनले भनेका छन्, ‘दशैंको मुखमा सहभागी विद्यार्थी र अभिभावकको बेचैनी तथा व्यवस्थापकीय पक्षमा देखिएको जटिलता समेतलाई ध्यानमा राखी निर्वाचन आयोगको तर्फबाट अध्यक्ष मण्डललाई दिएको परामर्शलाई ध्यान दिँदै अध्यक्षमण्डलले अर्को सूचनामार्फत आव्हान गर्ने गरी तत्काललाई सम्मेलनको बन्दसत्र स्थगन गरेको छ।’

बन्दसत्र स्थगन भनेको सम्मेलन भाँडिएको वा असफल भएको नहुने उनको तर्क छ।

उनले थपेका छन्, ‘बरु यसलाई व्यवस्थित रूपमा सम्पन्न गर्न समय लिएको हो। हामी कोही पनि नबहकिऔँ, सम्मेलन असफल भएको दुष्प्रचार नगरौँ। बरु यसलाई कसरी व्यवस्थित रूपमा र विधिसम्मत रूपमा सम्पन्न गर्ने भन्ने बारेमा सोचौँ। आज बिहान मात्रै अध्यक्ष कमरेड प्रचण्डको अगाडि अध्यक्षमण्डलले यो सम्मेलन सफलतापूर्वक सम्पन्न गरेरै छाड्ने दृढ संकल्प व्यक्त गर्नुभएको छ। हामी सबैले अध्यक्ष मण्डललाई सहयोग गरौँ।’


प्रतिक्रिया

3 thoughts on “खुमलटार पुगेर क्रान्तिकारीका नेताले प्रचण्डसँग गरे यस्तो वाचा

  1. यस्ता वकवासपूर्ण सूचना नेपाल प्रेसले सम्प्रेषणा नगर्दा नै उचित हुन्छ । कुर्सी हानहानको अवस्था सार्वनिक भइसकेको बिषयलाइ बाढी र पहिरोको बहाना बनाउनु दिउँसै रात पार्ने प्रयत्न गर्नु हो ।

  2. माओवादीका सबै भातृ संस्था यसरी नै सकिनु पर्छ यो देशको विकास गर्ने हो भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर