यी हुन् बाढीले बगाएका र क्षति गरेका ८ पुल, कुन कसरी बन्दै छन् ? – Nepal Press

यी हुन् बाढीले बगाएका र क्षति गरेका ८ पुल, कुन कसरी बन्दै छन् ?

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यही शुक्रवार रातिको बाढी पहिरोले बगाएको र क्षति भएको पुलको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ८ वटा पुलमा क्षति पुगेको छ ।

क्षति भएका ८ पुलमध्ये २ वटामा ड्राईभर्सन निर्माण हुने भएको छ । २ वटा पुलमा बेलिब्रिज जडान हुने भएको छ । एउटा पुल क्षति भएको ठाउँमा अप्रोज सडक निर्माण गरी .सञ्चालन गरिने भएको छ । अन्य थोरै मात्रै क्षति भएको पुल अस्थायी रुपामा मर्मत गरेर सञ्चालन हुने भएको छ ।

अरनिको राजमार्गमा रहेको लिपिङको १७ मिटर लामो पुल बगाएपछि त्यहा बेलिब्रिज जडान गरेर सडक सञ्चालन हुने छ भने अरनिको राजमार्गको ४५ मिटर लामो लार्चा बेलिब्रिच बगाएपछि त्यहाँ ड्राईभर्सन निर्माण गरेर सडक सञ्चालन गर्ने मन्त्रालयले बताएको छ ।

त्यस्तै, बीपी राजमार्गको ३ ठाउँमा पुल बताएकोमा सुनकोसी सरैरेनीतारको ५० मिटरको पुलमा बगाएको छ । सो राजमार्गको सुनकोसी खुर्कोटको पुन निर्माणका लागि बेलिब्रिज जडानको लागि सामान ढुवानी सुरु भएको छ । सुनकोसी फोक्सिङ्टारको पुलमा पनि क्षति भएको छ ।

मेची राजमार्ग अन्तर्गत हेंवा खोलाको ५० मिटरको पुन पनि बाढीले बताएको छ । सो स्थानमा ड्राईभर्सन निर्माण गरेर सडक सडक सञ्चालन हुने छ  भने कान्ति लोकपथको कागमती पुनमा पनि केही क्षति भएको छ । सो पुल क्षति भएको ठाउँमा अप्रोज सडक निर्माण गरी सडक सञ्चालन हुने छ ।

माइपोखरी सन्दरपुर ईलाममा रातेखोला पुलमा क्षति भएको छ । त्यस्तै, कान्ति राजपथको बागमती पुलमा पनि क्षति भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर