५ मुख्य राजमार्ग अझै अवरुद्ध- कहिलेदेखि चल्ला गाडी ? – Nepal Press

५ मुख्य राजमार्ग अझै अवरुद्ध- कहिलेदेखि चल्ला गाडी ?

काठमाडौं । पाँच वटा मुख्य राजमार्गमा अझै पनि यातायात सुचारु हुन सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै मुख्य पाँच वटा राजमार्गमा अझै पनि यातायात सुचारु हुन नसकेको जनाएको हो ।

मन्त्रालयका अनुसार अरनिको राजमार्ग, बिपी राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, कान्ति राजपथ र मेची राजमार्गमा अझै पनि यातायात सञ्चालनमा आउन नसकेको हो ।

जसमा अरनिको राजमार्ग अन्तरगत जार्चा कोदारी खण्डमा ५ किलोमिटरमा लिपिङ पुल र लार्चाको बेलिब्रीज बगाएका कारण यातायात अवरुद्ध भएको छ । लार्चामा ह्युमन पाईप, पेनस्टक पाइप र लिपिङ बेलीब्रिज जडान गरेर यातायात सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।

यस्तै बीपी राजमार्गको चौकीडाँडा कालढुंगा खण्डको १८ किलोमिटरमा करिव १२ किलोमिटर सडक पूर्णरुपमा बगेका कारण विच–बिचमा सवारी साधन रोकिएका छन् । दुबैतर्फबाट पहिरो सफा गर्ने काम भइरहेको, रोशी खोलाले पानीको बहावलाई मध्यनजर गरी सम्भव भएसम्मका सबै विकल्प प्रयोग गरेर अस्थायी रुपमा यातायात सञ्चालन गरिने मन्त्रालयको योजना छ ।

पुष्पलाल (मध्यपहाडी) राजमार्गको दोलालघाट राकथुम खण्डमा ८० किलोमिटर सडक मध्ये धेरै ठाउँमा पहिरो गएर सडक समेत वासआउट भएृको, दुबै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको जनाइएको छ । सडक सफा गरी वर्दिवासबाट बिपी राजमार्ग भएर आउने सवारी साधनलाई दोलालघाट हुदैँ काठमाडौं प्रवेश गराइने मन्त्रालयले जनाएको छ ।

यस्तै कान्ति राजपथको घपेली बगुवा खण्डमा १३ किलोमिटर र बागमतीसम्म मकवानपुर तथा ललिपतुर दुबैतर्फबाट पहिरो सफा गर्ने काम भइरहेको जनाइएको छ । बाममती पुलको एप्रोच छिटो भन्दा छिटो निर्माण गरी सवारी साधन सुचारु गराइने मन्त्रालयले जनाएको छ ।

साथै मेची राजमार्गको रमिते फिदिम खण्डमा ८ किलोमिटर हेवा पुल सहित रमिते डाँडाको पहिलो हटाउने काम भइरहेको छद्ध । हेवा खोलामा अस्थायी डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गरिने मन्त्रालयको योजना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर