यात्रुबाहक जहाज उडेको एकै मिनेटपछि जापानी विमानस्थलमा अमेरिकी बम बिष्फोट (भिडिओ) – Nepal Press

यात्रुबाहक जहाज उडेको एकै मिनेटपछि जापानी विमानस्थलमा अमेरिकी बम बिष्फोट (भिडिओ)

काठमाडौं । जापानमा एक यात्रुबाहक जहाज उड्नासाथ बम विष्फोट भएको छ । दक्षिण पश्चिम जापानको विमानस्थल मियाजाकीमा यस्तो बिष्फोट भएको हो ।

बेलायती विश्व च्यानल बीबीसीका अनुसार यात्रु बाहक जहाज उडेको झण्डै एक मिनेटपछि बम बिष्फोट भएको हो । बिष्फोट भएको बम अमेरिकी बम भन्ने अनुमान गरिएको छ ।

बीबीसीका अनुसार दोस्रो विश्व युद्धताका राखिएको बम विष्फोट भएको हो । यसबाट कुनै मानवीय क्षति भने भएको रिपोर्ट सार्वजनिक भएको छैन ।

बम धावनमार्गमा लुकाएर राखिएको पाइएको बीबीसीले उल्लेख गरेको छ । स्थानीय समय अनुसार बुधबार बिहान ८ बजे बम विष्फोट भएको बताइएको छ ।

बिष्फोटपछि ८० भन्दा धेरै उडान प्रभावित भएका थिए । सात मिटरको भ्वाङ पारेर बम पड्किँदा छेउछाउमा कुनै जहाज नभएर मानविय क्षति नभएको बीबीसीले उल्लेख गरेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर