तत्काल माग सम्बोधन गरेकोमा रामेछाप एमालेले प्रधानमन्त्रीलाई दियो धन्यवाद, राहत र पुनर्निर्माणमा केन्द्रित हुने – Nepal Press

तत्काल माग सम्बोधन गरेकोमा रामेछाप एमालेले प्रधानमन्त्रीलाई दियो धन्यवाद, राहत र पुनर्निर्माणमा केन्द्रित हुने

हेटौंडा । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको विनासकारी बाढी पहिरोको क्षतिलाई न्युनिकरणको लागि सरकारले गरेको प्रयत्नप्रति नेकपा एमाले रामेछापले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएको छ ।

सरकारले रामेछाप सहित अन्य भूभागको पीडितको माग तत्काल सम्बोधन गरेको भन्दै एमाले रामेछापले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएको हो ।

भीषण बाढी पहिरोको कारण किर्नेटार सडक खण्डको बैकल्पिक मार्ग खुलाउन खुर्कोट-सेलेघाट सुनकोशी पुलमा तत्काल बेलिबृज निर्माण गर्ने नेपाल सरकारको निर्णयका लागि  एमाले रामेछापले सरकारलाई धन्यवाद दिएको हो ।

रामेछापसहित पूर्वी नेपालको लागि यातायात सहज बनाउन सरकारको नेतृत्व गरिरकेका ओलीले महत्वपुर्ण प्रयत्न गरेको र स्थानीय प्रशासनले पनि पुर्ण रुपमा काम गरेको मा एमालेले धन्यवाद दिएको हो ।

बैठकले अवरुद्ध सडक, बिजुली, सञ्चार,  ईन्टरनेट सुचारु गर्न तदारुपताका साथ लाग्नुहुन सबै रामेछापका सम्बन्धित निकायप्रती आभार ब्यक्त गरेको छ ।

बैठकले विनासकारी बाढि पहिरोको समयमा पार्टी कार्यकर्ताहरु स्वयंसेवक रुपमा खटेको भन्दै पुनस्र्थापनको सवालमा पार्टी पङ्ति एक भएर थप परिचालित हुने निर्णय गरेको एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडेरियाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर