पूर्वराजा शाहले विजया दशमीमा सर्वसाधारणलाई टीका लगाइदिने – Nepal Press

पूर्वराजा शाहले विजया दशमीमा सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं । विजया दशमीका दिन पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मला निवासमा टीका लगाइदिने भएका छन् ।

पूर्वराजाको संवाद सचिवालयले एक सूचना जारी गर्दै शुभेच्छुक तथा सर्वसाधारणलाई दशैंको दिन अपरान्ह ४ बजे टीका लगाउने तय भएको हो ।

पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले टीका लगाइदिने संवाद सचिवालयका सचिव डा. फणिन्द्र पाठकले बताए ।

भुटान भ्रमणमा रहेका पूर्वराजा शाह आइतबार स्वदेश फर्किने कार्यतालिका रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर