नेपालको बाढीपहिरोमा परेको विपतमा बेलायती राजारानीको चिन्ता – Nepal Press

नेपालको बाढीपहिरोमा परेको विपतमा बेलायती राजारानीको चिन्ता

काठमाडौं । नेपालमा हालसालै भएको बाढी तथा पहिरोबाट भएको विपतमा बेलायती राजारानीले चिन्ता प्रकट गरेका छन्।

उनीहरूले नेपाल र बेलायत सम्बन्ध गोर्खाहरूको योगदानले मात्र नभएर धेरै कुराले भएको भन्दै बेलायती राजाले नेपालमा धेरै बेलायती को भावनात्मक सम्बन्ध भएको बताए ।

राजाले यो सन्देश एक औपचारिक वक्तव्यमा सार्वजनिक गरेका छन्। नेपालको चाडबाडको मुखमा भएको विपतमा सबै परिवारहरूसँगै मिलेर बस्न सकुन् भन्दै कामना गरेका छन्।

राजाले आफू र रानीले दिएको भनेको सन्देश राजपरिवारको आधिकारिक सामाजिक सञ्जालमा राखिएको छ ।

सन्देशमा भनिएको छ, ‘संयुक्त अधिराज्य सधैँ आवश्यकतामा सहयोग गर्न तयार छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर