धितोपत्र बोर्डको अध्यक्षको अन्तरर्वार्ता फेरि रोकियो, तीन घन्टा पर्खेर फर्किए दुई उम्मेदवार – Nepal Press

धितोपत्र बोर्डको अध्यक्षको अन्तरर्वार्ता फेरि रोकियो, तीन घन्टा पर्खेर फर्किए दुई उम्मेदवार

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि बाेलाइएकाे अन्तरर्वार्ता  फेरि स्थगित भएकाे छ ।

अध्यक्ष नियुक्तिका लागि सर्ट लिस्टमा परेका  तीन जना उम्मेदवारलाई शुक्रबार अर्थमन्त्रालयमा अन्तर्वार्ताका लागि बोलाइएकाे थियाे ।

तीनजना मध्ये धितोपत्र बोर्डकै कर्मचारी डा.नवराज अधिकारी र नेपाल स्टक एक्सचेन्जका सिइओ कृष्ण कार्की अन्तर्वार्तामा पुगे । पौने ८ बजे अन्तर्वार्तामा पुगेका ती दुई जनाले निकै लामो समयसम्म अन्तर्वार्ताका लागि पर्खेर बसे ।

झण्डै ११ बजे अर्को सुचना जारी नभएसम्मका लागि अन्तर्वार्ता स्थगित गरेको सुचना पाएपछि ती उम्मेदवार फर्केको अर्थमन्त्रालय स्रोतले बताएको छ । अर्का उम्मेदवार बिमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवि चापागाईलाई अन्तर्वार्तास्थलमा नदेखिएको उपस्थित एक उम्मेदवारले बताए ।

दोस्रो पटक पनि अन्तर्वार्ता रोकिनुले उपस्थित भएका उम्मेदवार आँफै सशंकित भएका छन् । अन्तर्वार्ता दिन पुगेका उम्मेदवारलाई राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको स्वास्थ्यमा समस्या आएकाले अन्तर्वार्ता रोकिएको जानकारी अर्थमन्त्रालयले दिएको स्रोतले बताएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षअधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको रहेको छ । सो समितिले अर्को सूचना जारी नभएसम्मका लागि अन्तर्वार्ता स्थगित गरेको जनाएको छ । उम्मेहरुले भने यसमा स्वास्थय समस्या मात्र मुख्य कारण नभइ अन्य कारण पनि हुनसक्ने आशंका व्यक्त गरेका छन् । यसमा ठुलै खेलो हुनसक्ने आशंका व्यक्त गरिएको छ ।

धितोपत्र बोर्ड गत पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ । अर्थमन्त्रालयबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने महेश बराललाई अध्यक्षको जिम्मेवारी दिएर सरकारले काम चलाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर