मोबाइल नेटवर्कको समस्या समाधान गर्न रास्वपाले गरायो सरकारलाई ध्यानाकर्षण – Nepal Press

मोबाइल नेटवर्कको समस्या समाधान गर्न रास्वपाले गरायो सरकारलाई ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मोबाइल नेटवर्कको समस्या समाधान गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ।

उपसभापति डिपी अर्यालले सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटेर हालैको विपद्पछि मोवाइलमा नेटवर्क नहुने र डाटासमेत नचल्ने समस्याका कारण विशेषतः चाडपर्वका बेला आवत–जावत गर्ने सर्वसाधारण समस्यामा परेको भन्दै तत्काल समाधानको पहल गर्न आग्रह गरेका हुन्।

हालैको प्राकृतिक विपद्ले पृथ्वी राजमार्गअन्तर्गत नागढुंगादेखि मुग्लिनसम्म धेरै स्थानमा पहिरोका कारण बाटो एकतर्फी मात्र सञ्चालनमा आएको भन्दै अहिले नेपालीहरूको महत्त्वपूर्ण पर्व बडा दसैंको लागि यात्रा गर्ने यात्रुहरूको चाप अत्यधिक भएकोले यात्रा गर्न लामो समय लाग्ने गरेको पत्रमा उल्लेख छ।

पत्रमा भनिएको छ, ‘यी क्षेत्रहरूमा नेपाल टेलिकम र एनसेलबाट परिवारसँग सम्पर्क गर्न खोज्दा नेटवर्क नहुने, फोन नलाग्ने र डाटा समेत नचल्ने समस्या भएकाले यात्रुहरू आफन्तजनसँग सम्पर्कविच्छेदको अवस्थामा छन्। जसकारण मानसिक तनाव समेत बेहोर्नु परेको गुनासो यात्रुहरू र स्थानीयवासीहरूबाट आएकाले तत्काल अस्थायी समाधानका लागि ‘मोबाइल भ्यान’ को विकल्प रहेको अवगत गराउँदै मन्त्रीज्यूबाट यसका लागि तुरून्त सम्बन्धित निकायमा निर्देशन गर्न एवं स्थायी समाधानका लागि नेपाल टेलिकम र एनसेललाई उचित निर्देशन दिनहुन अनुरोध छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर