ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्युपछि तनावग्रस्त बन्यो विराटनगर – Nepal Press

ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्युपछि तनावग्रस्त बन्यो विराटनगर

विराटनगर । ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्युपछि विराटनगरको रानीस्थित आईसीपी रोड तनावग्रस्त बनेको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले ढुङ्गामुढासहित प्रदर्शन गरेका छन् ।

प्रहरीले भिड नियन्त्रणमा लिन केही थान अश्रुग्यास समेत प्रहार गरेको छ । अहिले यहाँ प्रहरीको बाक्लो उपस्थिति छ ।

बिहीबार बेलुका झण्डै ७ बजे ना. ४ ख २४८३ नम्बरको ट्रकले साइकलयात्री विराटनगर-१८ का अन्दाजी ६० वर्षीय श्याम साहलाई ठक्कर दिएको थियो । उपचारका लागि विराट नर्सिङहोम पुर्‍याएलगत्तै साहको मृत्यु भएको थियो ।

ट्रकका चालक फरार भएपछि स्थानीय आन्दोलित छन् ।

सडक साँघुरो हुँदा दुर्घटना बढेको भन्दै करिब ५ सयको संख्यामा भेला भएका स्थानीयले सडकको स्तरोन्नति हुनुपर्ने, मालवाहक सवारीसाधनको गति सीमित गर्नुपर्ने, रात्रिकालीन बत्तीको व्यवस्था हुनुपर्ने लगायतका माग राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर