बाढीपहिरो पीडितलाई चीनले दिएको राहत हस्तान्तरण – Nepal Press

बाढीपहिरो पीडितलाई चीनले दिएको राहत हस्तान्तरण

काठमाडौं । नेपालमा हालसालै गएको बाढीपहिरो पीडितलाई चीनले राहत हस्तान्तरण गरेको छ ।

आज मध्यान्न काठमाडौंको टेकु पुल नजिकै रहेको श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयमा आयोजना गरिएको एक समारोहमा राहत हस्तान्तरण गरिएको हो ।

राहत चिनियाँ कम्युनिष्ट पार्टीले दिएको बताइएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाली समकक्षीलाई फोन गरेर क्षतिमा दुःख व्यक्त गरेका थिए, भने चिनियाँ रेकडक्रसले पनि एक लाख अमेरिकी डलर सहयोग गरेको थियो ।

चिनियाँ राजदूत छन सोङले उक्त चेक हस्तान्तरण गरेर सामाजिक सञ्जालमा साझा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर