रविको प्रश्न- सहकारी ठगीमा दोषी ठहर भएकाले पार्टीलाई चन्दा बुझाएपछि त्यो पार्टीको अध्यक्ष ठग हुन्छ कि हुँदैन ? (भिडिओ) – Nepal Press

रविको प्रश्न- सहकारी ठगीमा दोषी ठहर भएकाले पार्टीलाई चन्दा बुझाएपछि त्यो पार्टीको अध्यक्ष ठग हुन्छ कि हुँदैन ? (भिडिओ)

सबैभन्दा बढी सहकारी ठग कांग्रेस एमालेमै भएको दाबी

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सहकारी ठगीमा सबैभन्दा धेरै कांग्रेस एमालेकै नेताहरू संलग्न रहेको दाबी गरेका छन्।

निर्वाचन क्षेत्र चितवनमा आयोजित सार्वजनिक सुनुवाइको सरकारले सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफूलाई फसाउने केन्द्रमा राखेर काम गरिरहेको बताए।

 

उनले भने, ‘गलत कुरा पटक पटक भन्दैमा सत्य हुँदैन। हामी त्यस्ता कुरा टेर्दैनौँ। मेले सहकारीको रकम नल्याएको प्रतिवेदनले भनिसकेको छ। यसलाई राजनीतिक रंग लगाउने प्रयास गरिँदै छ। घोषित सहकारी ठगहरू जो जेल पनि गएका छन्। तिनीहरू विभिन्न राजनीतिक दलका सदस्य मात्रै होइन सांसद भएका पनि छन्। दोषी ठहर भएर जेल पनि गएका छन्। ती सहकारी ठगहरूले पार्टीलाई चन्दा बुझाएका छन्। त्यो पार्टीका अध्यक्ष सहकारी ठग हो कि होइन ? सहकारी ठगीमा ठूला दुई दल र तेस्रो ठूलो दलको संलग्नता छ।’

उनले आफूले सहकारीबाट रकम ल्याएको प्रमाण छ भन्नेहरूले दिए चितवनबाटै राजनीति छाडेको घोषणा गरेर फर्किने बताए।


प्रतिक्रिया

One thought on “रविको प्रश्न- सहकारी ठगीमा दोषी ठहर भएकाले पार्टीलाई चन्दा बुझाएपछि त्यो पार्टीको अध्यक्ष ठग हुन्छ कि हुँदैन ? (भिडिओ)

  1. Rabi Lamichhane’s Question is absolutely Correct. The president of Nepali Congress Deuba and the President of UML & PM of Nepal should be charged and punished for taking billion rupees donation from the Nepal’s biggest Co-operative Scammers.

Leave a Reply

Your email address will not be published. Required fields are marked *