प्रधानमन्त्री दैवी प्रकाेप उद्धार कोषमा ५१ लाख सहयोग गर्न मधेश सरकारलाई सत्ता गठबन्धनको आग्रह – Nepal Press

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार कोषमा ५१ लाख सहयोग गर्न मधेश सरकारलाई सत्ता गठबन्धनको आग्रह

जनकपुरधाम । मधेश प्रदेशको सत्ता गठबन्धनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ दिन मधेश प्रदेश सरकारलाई आग्रह गरेको छ ।

शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले असोज १२ र १३ गते लगातार र तीव्र बर्खाका कारण आएको बाढी, पहिरो र डुबान आदिका प्रभावित परिवारलाई राहत दिनेगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सो रकम दिन सरकारसँग सरकारसँग आग्रह गरेको हो ।

सत्ता गठबन्धनको सोही बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ ।

मधेश प्रदेशसभामा लोसपा नेपाल संसदीय दलका उपनेता उपेन्द्र महतोको संयोजकत्वमा गठन गरिएको छ ।

सो समितिमा नेकपा एमालेबाट प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोदकुमार जायसवाल, नेपाली काँग्रेसबाट ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव र जनमत पार्टीबाट प्रदेशसभा सदस्य सञ्जय कुमार यादव सदस्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर