सुन र चाँदीको मूल्यमा लगातार रेकर्ड ब्रेक – Nepal Press

सुन र चाँदीको मूल्यमा लगातार रेकर्ड ब्रेक

काठमाडौं । यो साता पनि सुन र चाँदी दुवैको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । साताको पछिल्लो करोबार भएको दिन शुक्रबार मुल्यले नयाँ उचाई कायम गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको द्धन्दको प्रभावसँगै हालै सार्वजनिक भएको अमेरिकी अर्थतन्त्रको प्रभावले सुनचाँदी जस्ता बुहुमुल्य वस्तुको मुल्य बृद्धिमा टेवा पुगेको विश्लेषकहरुको भनाई छ । शुक्रबार बिहान सार्वजनिक तथ्याङक अनुसारअमेरिकी अर्थतन्त्र मजवुत हुनुका साथै त्यहाँ रोजगारिको अवस्थामा समेत शुधार देखिएको छ ।

नेपाली बजारमा पनि यो साता सुनको मुल्यले रेकर्ड कायम गर्यो । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख ३७ हजार ६ सय ९० रुपैयाँ रहेको सुनको मुल्य साताको दोस्रो दिन र तेस्रो दिन सामान्य घटेर चौथो दिन बुधबार देखि बढ्न शुरु भई साताको छैटौं दिन शुक्रबार उच्च रेकर्ड राख्दै प्रति १० ग्राम १ लाख ३८ हजार २ सय ९० रुपैयाँ पुग्यो ।

यो मुल्य साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम ६ सय रुपैयाँ बढी हो । यो साता नेपाली बजारमा चाँदीको मुल्यले पनि रेकर्ड कायम गर्यो ।

साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ६ सय ६७ रुपैयाँ ५० पैसा रहेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ६ सय ९७ रुपैयाँ ५० पैसा कायम भई उच्च रेकर्ड बन्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर