आईएमई लाइफ भाग्यशाली उपहार योजना कार्यक्रम सम्पन्न – Nepal Press

आईएमई लाइफ भाग्यशाली उपहार योजना कार्यक्रम सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरूका मनोबल उच्च राख्न भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ ।

कम्पनीको केन्द्रीय कार्यालयबाट आयोजित कार्यक्रममा जुम मीटमार्फत प्रत्यक्ष प्रसारण गरी देशभरका अभिकर्ता, ग्राहक र कर्मचारीको उपस्थितिमा बिजेताको नाम घोषणा गरिएको थियो । उक्त योजना अन्तर्गत १५ जनालाई सान्त्वना पुरस्कारमा विद्युतीय हिटर, संस्कार पुरस्कारमा ५ ग्राम सुन, दोश्रो पुरस्कार आई फोन १३ र प्रथम पुरस्कारअन्तर्गत १२५ सीसीको हिरो मोटरसाइकल एकजनालाई प्रदान गरेको छ ।

आउँदो दिनमा पनि अभिकर्ताको मनोबल उच्च राख्न र काममा प्रेरित गर्न यस्ता उपहार कार्यक्रम आयोजना गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *