भारतीय लगानीको पत्रिकाले नेपाली आरोहण व्यवसायको बदनाम गराउन खोजेको भन्दै कारवाहीका लागि उजुरी – Nepal Press

भारतीय लगानीको पत्रिकाले नेपाली आरोहण व्यवसायको बदनाम गराउन खोजेको भन्दै कारवाहीका लागि उजुरी

काठमाडौं । भारतीय लगानीको एक अंग्रजी पत्रिकाले नेपाली कीर्तिमानी आरोही निर्मल पुर्जा र प्रख्यात आरोहीहरूबाट सञ्चालित विश्वस्तरीय आरोहण कम्पनी दि इलाइट एक्सपीडकाविरुद्ध पेशेवर रूपमै अनर्गल प्रचार गरेको भन्दै पीडितले प्रेस काउन्सिल गुहारेका छन् ।

काउन्सिलबाट न्याय नपाए चरित्रहत्या र गाली बेइज्जतीको मुद्दा लिएर क्षतिपूर्तिको मागसहित अदालत जाने विषयमा कानूनी सल्लाह लिइरहेको कम्पनीले जनाएको छ । भारतीय लगानीको अंग्रेजी दैनिक ‘दि हिमालयन टाइम्स’ ले आरोही पुर्जा र इलाइट एक्सपीडको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठा गिराउने नियोजित उद्देश्यले मिडिया प्लेटफर्मको दुरुपयोग गरेको आरोप उजुरीमा लगाइएको छ ।

प्रेस काउन्सिलले उक्त पत्रिकालाई पटकपटक सचेत गराएर र दोस्रो पक्षको भनाइ समेत समेटेर आचारसंहिताभित्र रहन पत्राचार गरे पनि अटेर गरेको पाइएको छ । काउन्सिलले पछिल्लो पटक गत भदौ ११ गते विभिन्न अनुगमनका क्रममा एकपक्षीय समाचार सामग्री प्रसारण गरेको पाइएको भन्दै पत्र लेखेर खण्डन सम्प्रेषण गर्न भनेको थियो ।

तर, उल्टै सो भारतीय लगानीको पत्रिकाले नेपाली आरोहण क्षेत्र र आरोहीको बदनाम गर्ने र समग्रमा नेपालको पर्यटन क्षेत्रलाई नै नकारात्मक बचाउने उद्देश्यले रोयल्टीको रकम समेत नतिर्ने अष्ट्रेलियन फ्रडको पक्षपोषण गरेर आरोहण कम्पनीको बदनामी गर्न खोजेको इलाइट एक्सपीडका गोविन्द कटुवालले बताएका छन् ।

काउन्सिलमा उनले पछिल्लो असोज ६ गते पुनः अर्को उजुरी दर्ता गराउँदै उनले सो पत्रिकाले विगत चार महिनादेखि लगातार कम्पनी र निर्मल पुर्जाको व्यक्तिगत तथा पारिवारिक रुपमा गलत सन्देश दिनेगरी विदेशमा समेत भ्रम सिर्जना गरेको भन्दै कारवाहीको माग गरेका छन् ।

 


प्रतिक्रिया

One thought on “भारतीय लगानीको पत्रिकाले नेपाली आरोहण व्यवसायको बदनाम गराउन खोजेको भन्दै कारवाहीका लागि उजुरी

  1. नेपालमा समस्या ल्याउने मुख्य कारक भारत हो । भारतीय दलाल पत्रिकाको काम नै नेपाल र नेपालीको बेईज्जत गर्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर