विपद्‌बाट बढी प्रभावित १४ जिल्लाका पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस (भिडिओ) – Nepal Press

विपद्‌बाट बढी प्रभावित १४ जिल्लाका पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस (भिडिओ)

काठमाडौं । बाढी, पहिरो र डुबानबाट बढी प्रभावित १४ जिल्लाका विभिन्न स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको शुक्रबार बसेको बैठकले १४ जिल्लाका विभिन्न स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस गरेको हो ।

 

गृहमन्त्री रमेश लेखक नेतृत्वमा बसेको समितिको बैठकले पाँचथर, ओखलढुंगा, उदयपुर, सर्लाही, रौतहट, सिन्धुली, मकवानपुर, चितवन, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, दोलखा, रामेछाप र काभ्रेपलाञ्चोकका विभिन्न स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको बैठकमा सहभागी एक सदस्यले नेपाल प्रेसलाई जानकारी दिए ।

ती सदस्यका अनुसार ती स्थानीय तहलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरिएको हो ।

प्राधिकरणका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले कार्यकारी समितिको सिफारिसअनुसार प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर