चितवन पत्रकार समाजको नयाँ नेतृत्व चयन, अध्यक्षमा सापकोटा – Nepal Press

चितवन पत्रकार समाजको नयाँ नेतृत्व चयन, अध्यक्षमा सापकोटा

काठमाडौं । चितवन पत्रकार समाजको नयाँ नेतत्व चयन भएको छ । शुक्रबार काठमाडौंमा आयोजित भेलाले देवीप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।

चितवनबाट काठमाडौं आई विभिन्न सञ्चारमाध्यममा कार्यरत् पत्रकारहरुको भेलाले नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा रामहरि सिलवाल, हरि घिमिरे र मीना शर्मा रहेका छन् भने महासचिवमा नकुल शर्मा चयन भएका छन् । त्यस्तै, सचिवमा कृष्णा पौडेल र कोषाध्यक्षमा ज्योति अधिकारी निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरुमा दीपकबाबु अर्याल, लोकबहादुर चापागाईं, उपासना घिमिरे, लक्ष्मी भण्डारी र तिलक पौडेल रहेका छन् ।

त्यस्तै, भेलाले समाजको सल्लाहकारमा सोमनाथ घिमिरे, युवराज घिमिरे र तारानाथ पौडेललाई मनोनयन गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर