काठमाडौं पराजित हुँदा ललितपुर फाइनलमा, उपाधिका लागि कर्णालीसँग खेल्ने – Nepal Press

काठमाडौं पराजित हुँदा ललितपुर फाइनलमा, उपाधिका लागि कर्णालीसँग खेल्ने

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगको उपाधिका लागि कर्णाली यश्वीज र ललितपुर क्विन्स भिड्ने भएका छन् ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको लिग चरण अन्तिम खेलमा कर्णालीले काठमाडौं स्पाइकर्सलाई ३-१ को सेटले पराजित गर्दा ललितपुरले फाइनल यात्रा तय गरेको हो ।

पहिलो सेट २३–२५ ले गुमाएको कर्णालीले त्यसपछिका लगातार ३ सेट जित्दै फाइनलमा पुग्यो । कर्णालीले दोस्रो सेट २५-१४, तेस्रो सेट २५-२३ र चौथो सेट २५-१२ ले आफ्नो पक्षमा पार्‍यो ।

फाइनल खेल शनिबार बेलुका साढे ५ बजेपछी सुरु हुनेछ ।लिगमा ५ खेलमा ५ जित निकाल्दै कर्णाली १३ अंकसहित फाइनलमा पुग्दा ललितपुर ३ जित र २ हारसहित १० अंकका साथ दोस्रो स्थानमा रहदै फाइनल यात्रा तय गर्‍यो ।

३ खेलमा जित र २ खेलमा हारसहित ९ अंकका साथ प्रतियोगिताबाट बाहिरियो । चितवन र गण्डकी २ जित र ३ हार बेहोर्दा मधेस भने जित बिहिन बन्दै प्रतियोगिताबाट बाहिरियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *