सुध्रिएन नेपालको प्रदर्शन, क्यानडाको दोस्रो रोजाईको टीमसँग पनि पराजित – Nepal Press

सुध्रिएन नेपालको प्रदर्शन, क्यानडाको दोस्रो रोजाईको टीमसँग पनि पराजित

काठमाडौं । क्याडना भ्रमणमा रहेको नेपाली टोलीले एकपछि अर्को खराब प्रदर्शन गरिरहेको छ ।

आइसिसि लिग–२ अन्तर्गतको सिरिजमा ओमन–क्यानडाविरुद्धको सिरिजमा नेपाल जितविहीन बन्न पुग्यो । त्यसपछि त्रिकोणात्मक टि–२० सिरिजमा पनि नेपाल खास प्रदर्शन गर्न सकेन ।

अहिले नेपालले क्यानडाको दोस्रो रोजाईको टोलीसँग एकदिवसिय सिरिज खेलिरहेको छ । क्यानडाको हाइ प्रफर्मेन्ससँग ३ खेलको सिरिज खेलेको नेपालले पहिलो खेलमै हार बेहोर्नुपर्‍यो ।

उक्त खेलमा पनि नेपाल ब्याटिङ चल्न सकेन । हाइ प्रफर्मेन्सविरुद्ध नेपाल ३६ ओभर ५ बलमा १४३ रनमा समेटिन पुग्यो । अनिलकुमार शाहले ३४, अर्जुन साउद ३३, आरिफ शेख २३ र कुशल भुर्तेलले २५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ७४ रनमा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि भने क्रमशः विकेट गुमाउँदै गयो । हाइ प्रफर्मेन्सका शाहिद अहमादजाई एक्लैले ५ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको हाइ प्रफर्मेन्सले ३९ ओभरमा ४ बलमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । हाइ प्रफर्मेन्सका युवराज शम्राले सर्वाधिक ४४ रन जोडे । नेपालका अनिलकुमार शाहले सर्वाधिक ४ विकेट लिए ।

हाइ प्रफर्मेन्ससँग नेपालका सोमपाल कामीले कप्तानी गरेका थिए । नियमित कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, करण केसी, आसिफ शेखलाई उक्त खेलमा विश्राम दिइएको थियो ।


प्रतिक्रिया

One thought on “सुध्रिएन नेपालको प्रदर्शन, क्यानडाको दोस्रो रोजाईको टीमसँग पनि पराजित

  1. त्यसै हुनाले मैले क्रिकेट खेल हेर्न छाेडिदिए । खेलमा हार जित हुन्छ, याे सबैलाई थाहा छ । तर हार्नु काे पनि एउटा सिमा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *