८ किलो सुनसहित हेटौंडाबाट दुईजना भारतीय नागरिक पक्राउ (भिडिओ) – Nepal Press

८ किलो सुनसहित हेटौंडाबाट दुईजना भारतीय नागरिक पक्राउ (भिडिओ)

हेटौंडा। मकवानपुर प्रहरीले ८ किलो सुनसहित मकवानपुरबाट दुई जनालाई पक्राउ गरेको छ । हेटौँडा–१५ रातोमाटे चेकिङ पोस्टबाट प्रहरीले ८ किलो ४३.९७ ग्राम सुन बरामद गरेको हो ।

प्रहरीले विशेष सूचनाको आधारमा हेटौँडा-१५ रातोमाटे चेकपोष्टस्थित पूर्वपश्चिम सडक खण्डमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा सुन बरामद भएको थियो ।

प्रहरीले स्कुटरमा सबार भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षको अभिषेक अजिनाथ कुटी र सोही स्थान बस्ने २७ वर्षको राहुल भिट्टिहाल बाडलाई पक्राउ गरेको छ ।

बरामद भएको सुनको बजार भाउ ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा रहेको बताइएको छ ।

तीन दिनअघि पनि मकवानपुर प्रहरीले आधा किलो सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।

मकवानपुर प्रहरीको प्रमुख भएर एसपी विश्व खड्का हेटौंडा आएपछि उनले चेकजाँच र तस्करी नियन्त्रणमा कडाइ गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर