सिन्धुपाल्चोकका सासंदहरुले भने–सीडीओले हचुवामा निर्णय गरे – Nepal Press

सिन्धुपाल्चोकका सासंदहरुले भने–सीडीओले हचुवामा निर्णय गरे

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीले हचुवा र गैरजिम्मेवार भएर विपद संकटग्रस्त पालिका घोषणा गरेको सिन्धुपाल्चोकका सासंदहरुले अरोप लगाएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकको शुक्रबारको बैठकले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका मात्रै  विपदग्रस्त पालिका घोषणा गर्ने भन्दै सिफारिस गरेर पठाएको थियो ।

जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरुसँग कुनै समन्वय र छलफल नगरी हचुवाको भरमा गरेको निर्णयप्रति सिन्धुपाल्चोकबाट निर्वाचित संघीय र प्रदेशका सासंदहरुले विज्ञप्ती नै निकालेर आपत्ती जनाएका छन् । भोटेकोशी लगायत अन्य पालिकाहरु प्नि विपदग्रस्त पालिका सिफारिस गर्न आग्रह समेत सासंदहरुले गरेका छन् ।

सिन्धुपाल्चोक प्रतिनिधि सभा–१ का सासंद माधव सापकोटा,प्रदेश सासंदहरु युवराज दुलाल,सरल सहयात्री, अमृता नेपाल र कुमारी लामाले हस्ताक्षर गर्दे अन्य पालिकाहरु समेत सिफारिस गर्न आग्रह गरेका छन् ।

२०७७ असोज ६ गते र २०७८ साउन ४ गते दुर्इ पटक सिन्धुपाल्चोक जिल्लालाई नै सरकारले विपदग्रस्त क्षेत्र घोषणा गरेको स्मरण गराउँदै सासंदहरुले अहिले भने एउटा मात्रै पालिका भन्दा पनि अन्य पालिकालाई समेत विपदग्रस्त पालिकामा सिफारिस गर्नुपर्ने सासंदहरुको भनाई छ ।

‘भोटेकोशी गाउँपालिका विपदग्रस्त क्षेत्र घोषणा भयो यो राम्रो भयो तर सिन्धुपाल्चोकका अन्य पालिकाहरुमा पनि समस्या छ,निर्णय गर्दा हचुवा र गैरजिम्मेवारी भएर गर्नुहुदैँन’ सासंद माधव सापकोटाले भने,‘ संवेदनशील विषयमा सरकारले गरेको हचुवा र गैर जिम्मेवारी निर्णयप्रति हामीहरुको गम्भीर आलोचनासहित आपत्ति रहेको छ ।’ प्रमुख जिल्ला अधिकारीको कार्यशैली र भुमिकाप्रति पनि सासंद सापकोटाले रोष प्रकट गरे । जनताका प्रतिनिधिसँग कुनै छलफल छैन,एकलौटी रुपमा निर्णय गरेर पठाएर हुन्छ भन्दै सासंद सापकोटाले प्रश्न गरे ।

सासंदहरुले क्षति पुगेका स्थानीय तहहरुको यकिन तथ्यांकको आधारमा विपद संकटग्रस्त क्षेत्र घोषणाको कार्यलाई पुनारवलोकन गरी सूचीमा थप गर्न सम्वद्ध निकायहरुकसँग माग गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर