दशैंकाे किनमेल- ‘सेल’ मा ग्राहककाे ठेलमठेल, फेन्सीमा ग्राहक नै छैनन् (तस्बिरहरु)
काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको लागि किनमेल गर्न उपभोक्ताहरु बजारमा निस्कँदा बजार चहलपलह देखिन थालेको छ ।
काठमाडौं उपत्यकाका मुख्य बजार असन,न्युरोड,महाबौद्ध,भोटाहिटी लगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकहरुको चहलपहल देखिन थालेको छ ।
तर इन्द्रचोकदेखि जमलसम्म गत वर्षको जस्तो किनमेल गर्नेको भीड देखिएको छैन । पसलेहरुले पनि गत वर्ष जस्तो माहोल नभएको बताएका छन् ।उपभोक्ताहरुले हरेक सामान विगतको तुलनामा महँगो रहेको गुनासो गरेका छन् ।
विभिन्न ‘सेल’ लागेको पसहरुहरुमा ग्राहकको ठेलमठेल छ भने फेन्सी पसलहरुमा ग्राहक एकदमै कम छन् । एक दुईवटा फेन्सी पसलमाबाहेक प्राय फेन्सी पसलहरुमा ग्राहक नै छैनन् ।
महँगीकै कारण उपभोक्ताहरु ‘सेल’ लागेको पसलहरु खोज्दै सपिङ गरिरहेका छन् ।