सहकारी पीडित संघर्ष समिति र रविका समर्थकबीच आज पनि चितवनमा घम्साघम्सी (भिडिओ) – Nepal Press

सहकारी पीडित संघर्ष समिति र रविका समर्थकबीच आज पनि चितवनमा घम्साघम्सी (भिडिओ)

सहकारी पीडितका नाममा कांग्रेस र एमालेका कार्यकर्ताले सार्वजनिक सुनुवाइ विथोल्न खोजेको रास्वपाको दाबी

चितवन । नारायणगढको नारायणी कला मन्दिरमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको भेलामा पार्टी सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग कुरा राख्न गएका चितवनका सहकारी पीडित र लामिछानेका समर्थकबीच आज पनि घम्साघम्सी परेको छ ।

यता रास्वपाले भने सांसद रवि लामिछानेले भरतपुरको नारायणी कला मन्दिरमा आज आयोजना गरेको चितवनवासीसँग भेटघाट कार्यक्रम कांग्रेस र एमालेका कार्यकर्ताले विथोल्न खोजेको आरोप लगाएको छ । कार्यक्रम विथोल्न कांग्रेस र एमालेका स्थानीय कार्यकर्ता नै संलग्न रहेको पाइएको रास्वाको दावी छ ।

लामिछानेको नारायणगढमा भएको सार्वजनिक कार्यक्रममा आफ्ना कुरा राख्न भनेर सहकारी पीडितहरुका गएका गएका थिए । उनीहरुलाई गेटभित्र पस्न नदिएपछि जबरजस्ती भित्र गएर आफ्ना कुरा राख्ने कोसिस गरेकाहरुलाई  भित्रैबाट ढुङ्गा र पानीको बोतल हानिएको थियो ।

त्यसपछि बाहिरबाट पनि सहकारीका पीडितले ढुङ्गा हान्दा प्रहरीलाई अवस्था नियन्त्रण गर्न केहीबेर अप्ठेरो परेको थियो । ढुङ्गा हानाहानमा केही सहकारी पीडित घाइते भएका छन् । यद्यपी उनीहरु पीडित नभएर कांग्रेस एमालेका कार्यकर्ता भएको रास्वपाले जनाएको छ ।

दुई जना घाइते भरतपुर अस्पतालमा रहेको सहकारी पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले बताए । उनले आफ्ना कुरा राख्न आउँदा उल्टै हातपात भएको दाबी गरेका छन् ।

आफ्ना पाँच जना पीडितलाई प्रहरीले पक्राउ गरेको पनि उनले बताएका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने सहकारी पीडितका नाममा पूर्वगृहमन्त्री लामिछानेको कार्यक्रम विथोल्न लागेको भन्ने रिपोर्टिङ भएको, तर घाइते तथा प्रहरी नियन्त्रणमा रहेकोबारे जानकारी नभएको बताए ।


प्रतिक्रिया

One thought on “सहकारी पीडित संघर्ष समिति र रविका समर्थकबीच आज पनि चितवनमा घम्साघम्सी (भिडिओ)

  1. यी सहकारी पिडित नै होईनन् । पैसा लिएर गुण्डागर्दी गर्ने पेशेवर हुनुपर्छ । होईन भने रविको विरूद्व किन ? जवकी रविले सहकारीबाट पैसा लिएकै होईन भने पछि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर