विपद् प्रभावित ४५ स्थानीय तहलाई बागमती प्रदेशले आर्थिक सहायता दिने, कसले कति पाउने ? (सूची) – Nepal Press

विपद् प्रभावित ४५ स्थानीय तहलाई बागमती प्रदेशले आर्थिक सहायता दिने, कसले कति पाउने ? (सूची)

हेटौंडा । बागमती प्रदेश सरकारले विपद् प्रभावित प्रदेशभरका ४५ स्थानीय तहलाई आर्थिक सहायता दिने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशका १३ जिल्लाका ४५ स्थानीय तहलाई तत्काल सहायता रकम प्रदान गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले सहायता रकमलाई तीन वटा क्लस्टर बनाएर वितरण गरिने जानकारी दिए ।

बैठकले ७ स्थानीय तहलाई २० लाख, १२ तहलाई १५ लाख र २६ वटालाई १० लाखका दरले रकम दिने निर्णय गरेको प्रवक्ता लामिछानेले बताए ।

यी हुन् २० लाख सहायता पाउने स्थानीय तह

काभ्रे : पनौती नगरपालिका, रोशी, बेथानचोक र तेमाल गाउँपालिका

मकवानपुर : इन्द्रसरोवर गाउँपालिका

ललितपुर : महाँकाल गाउँपालिका

सिन्धुली : सुनकोशी गाउँपालिका

१५ लाख पाउने स्थानीय तह

काठमाडौं : चन्द्रागिरी र नागार्जुन नगरपालिका

ललितपुर : गोदावरी नगरपालिका, कोन्ज्योसोम र बागमती गाउँपालिका

भक्तपुर : सूर्यविनायक नगरपालिका

मकवानपुर : बागमती गाउँपालिका

रामेछाप : खाँडादेवी गाउँपालिका

सिन्धुपाल्चोक : जुगल र लिसंखुपाखर गाउँपालिका

धादिङ : गजुरी गाउँपालिका

दोलखा : बिगु गाउँपालिका

१० लाख पाउने स्थानीय तह

रामेछाप : मन्थली र रामेछाप नगरपालिका, गोकुलगंगा, दोरम्बाशैलुङ, सुनापति, लिखु तामाकोशी र उमाकुण्ड गाउँपालिका

दोलखा : शैलुङ, गौरीशंकर र तामाकोशी गाउँपालिका

धादिङ : धुनीवेशी नगरपालिका तथा बेनिघाट रोराङ, नेत्रावती डब्जोङ गाउँपालिका

सिन्धुपाल्चोक : मेलम्ची नगरपालिका, भोटेकोशी, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिका

मकवानपुर : बकैया गाउँपालिका

सिन्धुली : गोलन्जोर र फिक्कल गाउँपालिका

काभ्रे : नमोबद्ध र मण्डनदेउपुर नगरपालिका तथा चौरीदेउराली, महाभारत गाउँपालिका

चितवन : माडी नगरपालिका र इच्छाकामना गाउँपालिका

सरकारले उक्त रकम दिन विपद् व्यवस्थापन कोषमा रकम न्यून रहेको भन्दै आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १० करोड ५० लाख रुपैयाँ निकासा गर्ने निर्णयसमेत गरेको प्रवक्ता लामिछानेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *