सहकारी पीडितलाई समर्थन गर्न गएका आफ्ना कार्यकर्तामाथि प्रहरीले दमन गरेको अनेरास्ववियुको आरोप – Nepal Press

सहकारी पीडितलाई समर्थन गर्न गएका आफ्ना कार्यकर्तामाथि प्रहरीले दमन गरेको अनेरास्ववियुको आरोप

चितवन । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय कमिटीले राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक र सहकारी पीडितसँग घम्साघम्सी हुँदा आफ्नो कार्यकर्ता पक्राउ परेको जनाएके छ ।

संगठनले शनिबार विज्ञप्ति निकालेर चितवन जिल्ला अध्यक्ष हरि आचार्यसहित चार जनालाई प्रहरीले पक्राउ गरेको जनाएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का सांसद रवि लामिछानेसँग गुनासो राख्न गएका सहकारी पीडितको समर्थनमा जाँदा आचार्यसहित चार जना पक्राउ परेका छन् ।

एक जना सहकारी पीडित अब्दुल मिया अन्सारी र अन्य अनमोल अधिकारी र ज्ञानप्रसाद आचार्य रहेको संगठनले जनाएको छ । यद्यपि पक्राउबारे प्रहरीले अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन ।

त्यसैगरी अनेरास्ववियुका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज अमित गुप्ता, जिल्ला उपाध्यक्ष सरोज तिमिल्सिना घाइते भएको र प्रहरीले उनीहरुमाथि दमन गरेको आरोप अनेरास्ववियु केन्द्रीय कमिटी कार्यबाहक अध्यक्ष गोविन्द गिरीले विज्ञप्तिमार्फत लगाएका छन् ।


प्रतिक्रिया

One thought on “सहकारी पीडितलाई समर्थन गर्न गएका आफ्ना कार्यकर्तामाथि प्रहरीले दमन गरेको अनेरास्ववियुको आरोप

  1. प्रहरीले ठिक गर्यो । अर्काको कार्यक्रम बिथोल्न जानेलाई ठोक्नुपर्छ । लुटेराका भरौटेहरू आफैं कुटाई खान गएका हरौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर