ईपीएल: जीतसहित लिभरपुल शीर्ष स्थानमा कायमै – Nepal Press

ईपीएल: जीतसहित लिभरपुल शीर्ष स्थानमा कायमै

हेटौंडा । इङ्लिस प्रिमियर लिगको शनिबार साँझ भएको पहिलो खेलमा लिग लिडर लिभरपुलले जीत हासिल गरेको छ । जीतसँगै यो हप्ताभर लिभरपुलको पहिलो स्थान पक्कासमेत भएको छ ।

लिभरपुलले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा कायम रहेको हो ।

खेलमा लिभरपुलको तर्फबाट एकमात्र विजयी गोल पहिलो हाफको ९औं मिनेटमा डियगो जोटाले गरे । बाँकी समय लिभरपुलले खेलमा गोल गर्ने थुप्रै प्रयास गरे पनिज सफल हुन सकेन ।

जीतपछि लिभरपुलले ७ खेलबाट १८ अंकसहित लिगको पहिलो स्थानमा रहँदा पराजित प्यालेसको समान खेलबाट ३ अंक भएको छ । ऊ रेलिगेसन जोनको १८औं स्थानमा छ ।

लिगअन्तर्गत आजै शीर्ष क्लबहरु आर्सनल, म्यान्चेस्टर सिटीसहित ६ वटा खेल हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर