दाउन्ने सडक खण्डमा ठूला मालबाहक सवारीसाधन सञ्चालनमा रोक – Nepal Press

दाउन्ने सडक खण्डमा ठूला मालबाहक सवारीसाधन सञ्चालनमा रोक

पाल्हीनन्दन । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक खण्ड एकतर्फी सञ्चालनमा आए पनि ट्रकलगायत ठूला मालबाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

गएराति बर्दघाट‐४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात सञ्चालन हुनसकेको थिएन । सडक मर्मतपश्चात् आज बिहानदेखि एकतर्फी सञ्चालनमा आए पनि हाल यात्रुबाहक बस र साना सवारीसाधनलाई मात्र आवतजावत गर्न दिइएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिए ।

उनले मर्मत गरिए पनि सडक भासिने जोखिम कायमै रहेकाले ट्रक, टिप्पर जस्ता ठूला सवारीसाधन आवतजावत गर्न रोक लगाएको बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानप्रसाद फुयालले दाउन्ने सडक अहिले पनि पूर्ण रूपमा सञ्चालनमा नरहेको र सडक मर्मत कार्य भइरहेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *