ईपिएल : म्यानचेस्टर सिटी विजयी – Nepal Press

ईपिएल : म्यानचेस्टर सिटी विजयी

हेटौँडा । इङ्लिस प्रिमियर लिग (इपिएल) को शनिवार राति सम्पन्न खेलमा डिफेन्डीङ च्याम्पियन म्यान्चेस्टर सिटी विजयी भएको छ ।

सिटीको घरेलु मैदानमा भएको खेलमा फुलहमलाई ३-२ गोलअन्तरले पराजित गर्दै सिटिले नयाँ सिजनमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।

घरेलु दर्शकलाई निराश बनाउँदै फुलहमका एन्ड्रस परेराले खेलको २६ औँ मिनेटमा अग्रता दिलाएका भए पनि सिटीले ‘कमब्याक’ जित हासिल गर्न सफल भएको हो ।

१–० ले पछि परेको अवस्थामा सिटीको तर्फबाट माटियो कोभाकिकले गोल गर्दै खेलको ३२ औँ मिनेटमा सिटिलाई बराबरीको अवस्थामा ल्याए । उनले नै खेलको ४७ औँ मिनेटमा पुनः गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए ।

निकै प्रतिस्पर्धात्मक खेलमा एरेमी डोकुले गोल गरेपछि सिटीले खेलको ८२ औँ मिनेटमा ३–१ को अग्रता बनाउँदै सहज जिततर्फ अग्रसर भयो ।

तर फुलहमले ८८ औँ मिनेटमा रोड्रिगो म्युनिजको गेल मार्फत अन्तरलाई ३–२ बनाएको थियो तर फुलहमको लागि त्यो बराबरको लागि भने पर्याप्त भएन र खेल सिटीले जित्यो ।

जितपछि सिटी ७ खेलबाट १७ अंकसहित तालिकाको दोस्रो स्थानमा यथावत् रहेको छ भने पराजित फुलहम समान खेलबाट ११ अंक सहित छैटौँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *