साउथ ह्याम्पन्टनविरुद्ध आर्सनल विजयी – Nepal Press

साउथ ह्याम्पन्टनविरुद्ध आर्सनल विजयी

हेटौँडा । इङ्लिस प्रिमियर लिग (इपिएल) को शनिवार राति सम्पन्न खेलमा साउथ ह्याम्पन्टन विरुद्ध आर्सनलले जित निकालेको छ ।

घरेलु मैदानमा भएको खेलमा १–० ले पछि परेको स्थितिलाई उल्ट्याउँदै आर्सनलले ३–१ को जित निकालेको हो ।

खेलको पहिलो हाफ बराबरीमा सकिएपछि दोस्रो हाफमा घरेलु र पाहुना टोली दुवै आक्रामक बनेका थिए । फलस्वरुप साउथह्याम्पटनले खेलको ५५ औँ मिनेटमा क्यामरुन आर्चरको गोल मार्फत पहिलो अग्रता लियो । तर साउथह्याम्पटनको अग्रता लामो समय टिकेन ।

आर्सनलले उक्त अग्रता तीन मिनेटमानै बराबरी बनाइदियो । आर्सनलको लागि खेलको ५८औँ मिनेटमा काई हावर्ट्जले गोल गरे र खेल १–१ को बराबरीमा पुग्यो ।

बराबरीपछि लयमा देखिएको अर्सनलको लागि गेब्रियलले खेलको ६८ मिनेटमा गोल गरेपछि आर्सनलको अग्रता २–१ भयो ।

आक्रामक खेल खेलेको आर्सनलको लागि साकाले ८८ मिनेटमा गोल गर्दै टिमलाई ३–१ को जित दिलाए ।

जितपछि सिटी ७ खेलबाट १७ अंकसहित आर्सनल तालिकाको तेस्रो स्थानमा छ ।

समान अंक भएपनि सिटी गोलअन्तरको आधारमा दोस्रोमा छ । पराजित साउथह्याम्पन्टन समान खेलबाट १ अंक सहित १९ औँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *