आजदेखि खसी, बोका र च्याङ्ग्रा विक्री सुरु (तस्बिरहरू / भिडि‌ओ) – Nepal Press

आजदेखि खसी, बोका र च्याङ्ग्रा विक्री सुरु (तस्बिरहरू / भिडि‌ओ)

काठमाडौं । दशैंका लागि आजदेखि सुपथ मूल्य पसलमा खसी, बोका र च्याङ्ग्रा बिक्री वितरण गर्न सुरु भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले राजधानीमा भित्र्याएका खसीबोका तथा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी आजदेखि विक्री सुरु गरेको हो ।

 

खाद्यले प्रतिकिलो जिउँदो खसीबोका र च्यांग्राको मूल्यमा १० रुपैयाँ छुटमा विक्री सुरु गरेको छ ।

जसअनुसार जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६६० रुपैयाँ तोकेको छ । यसअघि ६७० मूल्य रहेको थियो ।

त्यस्तै, जिउँदो च्याङ्ग्राको मूल्य १२ सय २० रुपैयाँ प्रतिकिलो तोकिएको छ । यसअघि मूल्य १२३० थियो । यो गत वर्षभन्दा निकै कम मूल्य हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *