पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच सहृदयी भेट – Nepal Press

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच सहृदयी भेट

चारदिने भुटान भ्रमण सकेर पूर्वराजा स्वदेश फिर्ता

काठमाडौं । भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकसँग भेटवार्ता गरेका छन् । भुटानी राजाको राजप्रसादमा हिजो भेटवार्ता भएको हो ।

भुटानी राजाले नेपालका पूर्वराजालाई न्यानो अंकमालसहित स्वागत गरेका थिए । त्यस अवसरमा पूर्वराजाकी सुपुत्री प्रेरणा र भतिजी शिताष्माको पनि उपस्थिति थियो ।

भुटानी राजाको निम्तोमा पूर्वराजा ज्ञानेन्द्र ५ सदस्यीय टोलीसहित भुटानको औपचारिक भ्रमणमा गएका थिए ।

उनी आज बिहान स्वदेश फर्किएका छन् । भुटान सरकारले पूर्वराजालाई विशेष स्वागत सत्कार गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *