सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न बर्दघाट नगरपालिकाले गर्‍याे शिक्षकहरुसँग सम्झौता – Nepal Press

सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न बर्दघाट नगरपालिकाले गर्‍याे शिक्षकहरुसँग सम्झौता

रुपन्देही । पश्चिमनवलपरासीको बर्दघाट नगरपालिकाले चालू शैक्षिक शत्रलाई शैक्षिक सुधार वर्षको रुपमा लिएको छ । सोही अनुरुप शिक्षण सिकाईलाई प्रभावकारी बनाउन नगरपालिकाले विभिन्न योजना र क्रियाकलापहरु सञ्चालन गरिरहेको छ ।

पछिल्लो समय समग्र देशकै शैक्षिक अवस्था धरासायी रहेको अवस्थामा नगरपालिकाले गुणस्तर सुधार र नजिता सुधारका लागि चालू आबमा सबैभन्दा बढी बजेट शिक्षामा छुट्याइएको छ ।

नगरपालिकाले केही दिन अघि मात्रै सामुदायिक विद्यालयसँग सम्झौता गरी सबै विषयगत शिक्षकले आफ्नो विषयमा ५० प्रतिशत नतिजा सुधार गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले स्थायी शिक्षकभन्दा अस्थायी र करारमा रहेका शिक्षकहरुले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा बढी मेहनत गरेको बताउँछन् । एक करोड रुपैयाँ बिनियोजन गरी सबै करार र

अस्थायी शिक्षकलाई सरकारी स्केल अनुसारको तलब सुबिधा प्रदान गरिएको श्रेष्ठको भनाइ छ । नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले शिक्षक पेशा सामाजमा सम्मानित पेशा भएको हुँदा शिक्षण सिकाईलाई प्रभावकारी बनाउनेगरी योजना बनाइएको र त्यसैमा जोड दिएको बताउँछन् ।

‘तुलनात्मक रुपमा हामीले सबै शिक्षकलाई सक्दो सुविधा दिएका छौ, शिक्षण पेशा जागिर मात्रै होइन, अब जागिर मात्रै खाने र नगरसगको सम्झौता अनुरुप नतिजा सुधार नभए त्यस्ता शिक्षकले बिदा लिए हुन्छ’ नगरप्रमुख श्रेष्ठले भने । चालू आर्थिक वर्ष शिक्षामा झन्डै ६ करोड स्थानीय बजेट मात्रै बिनियोजन भएको शिक्षा शाखा प्रमुख लोकराज पन्थीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *