सिधा कुराका प्रकाशक र सम्पादक थुनामुक्त – Nepal Press

सिधा कुराका प्रकाशक र सम्पादक थुनामुक्त

काठमाडौं । सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन टुंगाना थुनामुक्त भएका छन् ।

‘डार्क फाइल’ भनेर प्रसारणरप्रकाशन गरिएको सामग्रीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा उनीहरूलाई जेल सजायको फैसला भएको थियो ।

अदालतको अवहेलना ठहर गरेर कँडेल र टुंगानालाई यही असोज १३ गते जेल चलान गरिएको थियो ।

उनीहरूलाई तीन तीन महिनाको सजाय तोकिएको थियो । यद्यपि माफी मागेमा सात दिनभित्र छुट्ने अदालतले विकल्प दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *