एनपीएल अक्सन : ललित राजवंशी १५ लाखमा बिके, ८ वटै टीम हाल्न तयार थिए उच्चतम मूल्य – Nepal Press

एनपीएल अक्सन : ललित राजवंशी १५ लाखमा बिके, ८ वटै टीम हाल्न तयार थिए उच्चतम मूल्य

काठमाडौं । नेपाली राष्ट्रिय टीमका स्पिनर ललित नारायण राजवंशी नेपाल प्रिमियर लिग (एनपीएल) मा उच्चतम मूल्यमा बिक्री भएका छन् ।

८ वटै टीमले उनलाई १५ लाखमा खरिद गर्न तयार भएपछि गोलाप्रथाबाट जनकपुर बोल्ट्सले खरिद गर्यो ।

ए क्याटेगोरीमा रहेका राजवंशीको बेस प्राइस १० लाख थियो । तर, उनलाई सबै ८ वटै टीमले १५ लाख रुपैयाँ हाल्न तयार भए पनि गोलाप्रथाबाट निर्णय गरिएको थियो । गोलाप्रथामा जाँदा काठमाडौंले भने हात झिकेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *