फेरि २६ सयको लाइनमा आयो नेप्से – Nepal Press

फेरि २६ सयको लाइनमा आयो नेप्से

काठमाडौं । आज शेयर बजारमा दोहोरो अंकले बढेको छ । ५६.०९ अंकले बढेको नेप्से २६५३.५८ बिन्दुमा अडिएको छ । समग्रमा बजार २.१५ प्रतिशतले बढेको हो । २५ सयको लाइनबाट शुरू भएको कारोबार २६५३ मा पुगेर बन्द भएको छ ।

आज ६ अर्ब १३ करोड ८२ लाख रूपैयाँभन्दा बढीको कारोबार भयो । आज ङ्यादी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी कारोबार साहज ऊर्जाको भएको छ । साहज ऊर्जाको आइतबार ६३ करोड ८३ लाख रूपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । आज सबै समूहमा बढोत्तरी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर