एनपीएल अक्सन : विनोद, कमल र हेमन्त अनसोल्ड – Nepal Press

एनपीएल अक्सन : विनोद, कमल र हेमन्त अनसोल्ड

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को जारी अक्सनमा ए क्याटेगोरीमा रहेका तीन खेलाडी अनसोल्ड बनेका छन् ।

अनुभवी ब्याट्सम्यान विनोद भन्डारी, फास्ट बलर कमलसिंह ऐरी र युवा बलर हेमन्त धामीलाई कुनै पनि फ्रेन्चाइजीले बोलि लगाएनन् । तीनै जनाको न्यूनतम मूल्य १० लाख रुपैयाँ थियो ।

तर, ८ वटै टीम उनीहरुलाई खरिद गर्न इच्छुक बनेनन् । फलतः एनपीएलको पहिलो संस्करणमा उनीहरुको सहभागिता अनिश्चित बनेको छ ।

३४ वर्षीय भण्डारीले नेपालका लागि १७ एकदिवसीय र ४० वटा टि २० खेलकेका छन् । एक दिवसीयमा उनले १ अर्धसतकसहित २७५ रन र ४० टि २० मा दुई अर्धसतकसहित ४०५ रन उनको खातामा छ । पछिल्लो समय उनलाई नेपालको ए टीमको कप्तान बनाइएको थियो ।

२४ वर्षीय कमलसिंह ऐरीले नेपालको राष्ट्रिय टीमबाट तीन एकदिवसीय र १० वटा टि २० अन्तर्राष्ट्रिय खेलेका छन् । एक दिवसीयमा २ विकेट र टि २० आइमा १५ विकेट उनको नाममा छ । उनी ब्याटिङ पनि गर्न सक्छन् ।

१८ वर्षीय फास्ट बलर हेमन्त धामीले राष्ट्रिय टीमबाट एक मात्र एकदिवसीय म्याच खेलेका छन् । उनले सो म्याचमा ३ विकेट लिएका थिए ।

अहिले अनसोल्ड भएका खेलाडीहरुलाई फ्रेन्चाइजीहरुले आवश्यक ठानेमा पछि खरिद गर्न सक्नेछन् । आजको अक्सनमा फ्रेन्चाइजीहरुले १० जना खेलाडीहरु खरिद गर्नुपर्ने छ । यदि सो कोटा पुर्याउन नसकेको खण्डमा बाँकी खेलाडीहरु अक्सनपछि बेस प्राइसमा खरिद गर्न सकिने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *