सुदूरपश्चिमबाट बाहिरियाे मनसुन – Nepal Press

सुदूरपश्चिमबाट बाहिरियाे मनसुन

काठमाडौं । यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबाट बाहिरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै अनेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको छ।

आज यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट बाहिरिएको महाशाखाले जनाएको छ ।

मनसुनी वायु कमजोर हुदै गइरहेको हुनाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको रहेको महाशाखाले जनाएको छ।

नेपालबाट सरदर अक्टाेबर २ तारिखबाट मनसुन बाहिरिन्छ । यस वर्ष गत जेठ २८ गते पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *