सीबीसीएफद्वारा प्रधानमन्त्री प्रकोप उद्धार कोषमा ५१ लाख ५ रुपैयाँ सहयाेग – Nepal Press

सीबीसीएफद्वारा प्रधानमन्त्री प्रकोप उद्धार कोषमा ५१ लाख ५ रुपैयाँ सहयाेग

काठमाडौं । नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले देशभरका बाढीपहिरो प्रभावितका लागि
साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ)मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५ रुपैयाँ सहयाेग गरेकाे छ ।

शुक्रबार  एक कार्यक्रमका बीच साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन्  ।

सो अवसरमा साइमेक्स इंककी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ र सीईओ साहिल श्रेष्ठको समेतउपस्थिति थियो ।

केही दिन पहिले आधिकारिक रुपमा फाउन्डेसन स्थापनाको घोषणा गरिए पश्चात यो सीबीसीएफको पहिलो योगदान हो, जसले
साइमेक्स र बीवाईडीको संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको साझा प्रतिबद्धतालाई दर्शाउँछ ।

शिक्षा, स्वास्थ्य सुरक्षा, दिगो विकास र प्रकोप राहत जस्ता पहलमा केन्द्रित भई समुदायमा केही योगदान गर्ने उद्देश्यका साथ फाउन्डेसन निर्माण गरिएको थियो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेर साइमेक्स इंकले यो प्राकृतिक विपद पीडितहरुसँग ऐक्यबद्धता प्रकट गर्न र हाल
भइरहेको उद्धार तथा राहत कार्यका लागि आवश्यक सहयोग विस्तार गर्न  चाहेकाे उल्लेख गरेकाे छ ।

साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, ‘हामी साइमेक्स र बीवाईडी मिलेर नेपाल र यहाँका जनतालाई आवश्यकता अनुसार
सहयोग गर्न प्रतिबद्ध छौं । हामी विनाशकारी बाढी पहिरोबाट प्रभावितहरुलाई साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनमार्फत
तत्काल राहत र दीर्घकालीन सहयोग प्रदान गरी यो क्षेत्रमा अर्थपूर्ण परिवर्तन गर्ने प्रयासमा छौं ।’

यो योगदानले राष्ट्रिय आपतकालीन समयमा तुरुन्तै प्रतिक्रिया दिने सीबीसीएफको समर्पणलाई मात्र होइन, समाजमा सकारात्मक
रुपमा योगदान गर्ने र दिगो तथा लचिलो समुदायलाई बढावा दिने बीवाईडीको विश्वव्यापी दृष्टिकोणलाई समेत एकरुपता प्रदान
गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर