अनुभवी ब्याट्सम्यान शरद भेषावकर एनपीएलमा अनसोल्ड – Nepal Press

अनुभवी ब्याट्सम्यान शरद भेषावकर एनपीएलमा अनसोल्ड

काठमाडौं । अनुभवी क्रिकेटर शरद भेषावकर नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणमा अनसोल्ड भएका छन् । आज जारी रहेको अक्सनमा उनीप्रति कुनै पनि फ्रेन्चाइजले इच्छा देखाएनन् ।

क्याटेगोरी ‘ए’मा रहेका शरदको बेस प्राइस १० लाख रुपैयाँ रहेको थियो, तर ८ वटै टीम उनलाई सो रकम हाल्न तयार नभएका हुन् ।

राष्ट्रिय टीमबाट लामो समयसम्म योगदान दिएका शरद घरेलु क्रिकेटमा निकै सफल थिए । पछिल्लो समय खराब फर्मका कारण राष्ट्रिय टीममा पर्न नसक्दा उनी कमेन्टेटरको भूमिकामा देखिन थालेका छन् । ३६ वर्षीय शरद मिडल अर्डरमा ब्याटिङ गर्छन् भने स्पिन बलिङ पनि गर्छन् ।

अब अक्सनपछि आफ्नो १० खेलाडीको कोटा पूरा गर्न नसकेका कुनै टीमले चाहेमा उनलाई बेस प्राइसमा खरिद गर्न सक्नेछन् । अन्यथा पहिलो संस्करणमा उनले खेल्न पाउने छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *