प्रकोप उद्धार कोषमा डेढ अर्बभन्दा बढी रुपैयाँ जम्मा, कहाँबाट कति ? – Nepal Press

प्रकोप उद्धार कोषमा डेढ अर्बभन्दा बढी रुपैयाँ जम्मा, कहाँबाट कति ?

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा अहिलेसम्म डेढ अर्बभन्दा बढी रकम जम्मा भएको छ ।

कोषमा अहिलेसम्म विभिन्न व्यक्ति, संस्था तथा निकायबाट १ अर्ब ५७ करोड ९७ लाख ७३ हजार ८३७ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको हो ।

जसमा सबैभन्दा बढी असोज १५ गते राष्ट्रिय वाणिज्य बैंकबाट २ करोड जम्मा गरेको छ भने दोस्रोमा भाटभटेनी सुपरमार्केटले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ जम्मा गरेका छन् ।

तेस्रोमा कृषि विकास बैंक लिमिटेडले भदौ १६ गते नै एक करोड ५० लाख, सिटिजन्स बैंकले २५ लाख, युनिलिभर नेपालले २० लाख रुपैयाँ जम्मा गरेका छन् ।

यस्तै असोज १६ गते राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट एक लाख ५८ हजार ३१७, हरिनारायण शर्माबाट असोज २० गते एक लाख १ हजार १११, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयबाट ८९ हजार ४४४, दिनेश पौडेलबाट ५० हजार, रविन्द्र नेपालीबाट १० हजार १५५, गोपाल खड्काबाट ७ हजार ५०५ जम्मा भएको छ ।

यस्तै, अन्य विभिन्न व्यक्ति, संस्था तथा निकायबाट ३ लाख ९४ हजार ५८६ र २०८१ असार मसान्तको मौज्दाद १ अर्ब ५२ करोड ८३ लाख ५१ हजार ६०७ रुपैयाँ रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैक, एभरेष्ट बैठक, हिमालयन बैंक लिमिटेड र स्टाण्डर्ड चाटर्ड बै.क नेपाल लिमिटेड गरेर ५ वटा बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सबैलाई सक्नेजती सहयोग गर्न आह्वान गरेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *