गुल्शन झा कर्णालीको पोल्टामा, अक्सनमै देखियो यस्तो क्रेज – Nepal Press

गुल्शन झा कर्णालीको पोल्टामा, अक्सनमै देखियो यस्तो क्रेज

काठमाडौं । नेपाली राष्ट्रिय टीमका स्टार अलराउन्डर गुल्शनकुमार झा नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणमा कर्णालीमा आवद्ध भएका छन् । उनलाई गोलाप्रथाबाट कर्णालीले हात पारेको हो ।

गुल्शन आजको अक्सनमा सबैभन्दा बढी चासोमा थिए । सबै टीम उनलाई भित्र्याउन आतुर थिए । ७ टीमले उच्चतम १५ लाखको बोली लगाए । लुम्बिनीले भने ए ग्रेडका ३ खेलाडीको कोटा पुर्याइसकेकाले गुल्शनलाई लिने दौडमा सामेल हुन पाएन ।अन्तिममा गोलाप्रथाबाट कर्णालीले लग्यो ।

गुल्शनलाई प्राप्त गर्दा कर्णाली टीमको खेमामा खुशीयाली छाएको थियो । फ्रेन्चाइजका सदस्यहरुले आपसमा बधाई साटासाट गरेका थिए । कर्णालीको मार्की खेलाडीमा सोमपाल कामी रहेका छन् ।

गुल्शनले नेपाली राष्ट्रिय टीमबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । नेपालको क्यानडा भ्रमणमा उनले शानदार प्रदर्शन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *