एनपीएल अक्सन: कर्णालीको कोटा पूरा – Nepal Press

एनपीएल अक्सन: कर्णालीको कोटा पूरा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को लागि अक्सनमा कर्णाली याकले आफ्नो कोटा पूरा गरेको छ ।

कर्णालीले एनपीएलको नियमअनुसार ग्रेड ‘ए’, ‘बी’ र ‘सी’का निर्धारित खेलाडीहरुको कोटा पूरा गरेको हो । उनले ‘ए’ र ‘सी’ ग्रेडबाट ३-३ र ‘बी’ ग्रेडबाट ४ खेलाडी खरिद गरेको छ ।

ग्रेड ‘ए’बाट गुल्शन झा, देव खनाल र नन्दन यादव, ‘बी’बाट रीत गौतम, मौसम ढकाल, अर्जुन घर्ती र भुवन कार्की तथा ‘सी’बाट दीपेन्द्र रावत, दीपक डुम्रे र उनिसविक्रम सिंह ठकुरी छन् ।

कर्णालीको मार्की प्लेयर सोमपाल कामी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *