एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा, १६ प्रतिशत बोनस प्रस्ताव पारित – Nepal Press

एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा, १६ प्रतिशत बोनस प्रस्ताव पारित

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

यस सभाले शेयरधनीहरुलाई आ.ब २०८०/८१ का लागि १०.५ बोनस शेयर र ५.५३५ नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै यस सभाले वेैंकको संचालक समितिमा सर्बसाधारण शेयरधनीहरुका तर्फबाट नबिन भक्त श्रेष्ठ र श्रीमती उर्मीला श्रेष्ठलाइ आगामी ४ बर्षकालागि पुन निर्विरोध निर्वाचित गरेको छ । आ.ब २०८१/८२ को लागि एन. अमात्य एंड कम्पनीलाइ लेखापरीक्षकमा पुन नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर