बुन्डेस लिगा : बायर्न र फ्रैंकफर्ट बराबरीमा रोकिए – Nepal Press

बुन्डेस लिगा : बायर्न र फ्रैंकफर्ट बराबरीमा रोकिए

हेटौँडा । खेलको अन्तिम समयमा सम्हालिन नसक्दा बुन्डेस लिगाको आइतबार रातिको खेलमा लिग लिडर बायर्न म्युनिख ईन्ट्राक्ट फ्रैंकफर्ट सङ्ग बराबरीमा रोकिएको छ ।

फ्रैंकफर्टको घरेलु मैदानमा भएको खेलमा साउथकोरियन फुटबलर किमको गोल मार्फत बायर्नले २५ औँ मिनेटमा पहिलो अग्रता पाएको थियो । तर उक्त अग्रतालाई फ्रैंकफर्टले २२ औँ मिनेटमा उमर मार्मौसको गोल मार्फत बराबरी गरेको थियो ।

प्रतिस्पर्धात्मक खेलको ३५ औँ मिनेटमा स्विडिस खेलाडी ह्युगो लार्सनले गोल गर्दै फ्रैंकफर्टलाई २-१ अवस्थामा लगे । तर फ्रैंकफर्टको अग्रता धेरै बेर टिकेन ।

बायर्नको लागि खेलको ३८ औँ मिनेटमा डायोटले गोल गर्दै खेल २-२ को बराबरीमा लगे ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफको ५३ औँ मिनेटमा बायर्नले मिचेक ओस्लोले गोल मार्फत अग्रता ३-१ बनायो तर खेलको इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा उमरले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ३-३ को बराबरीमा सकियो ।

खेलपछि बायर्न ६ खेलबाट १४ अङ्क सहित पहिलो स्थानमा रहँदा फ्रैंकफर्ट समान खेलबाट १३ अङ्क सहित तेस्रो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *