ब्राइटनको रोमाञ्चक जित – Nepal Press

ब्राइटनको रोमाञ्चक जित

हेटौँडा । इङ्लिस प्रिमियर लिगमा ब्राइटनले टोटनह्याम्प विरुद्ध रोमाञ्चक जित निकालेको छ । आइतबार राति भएको लिगको सातौँ चरणको अन्तिम खेलमा २-० गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै ब्राइटनले रोमाञ्चक जित दर्ता गरेको हो ।

खेलमा सुरुवाती अग्रता टोटनह्याम्पले ब्रेनन जोनसोनको गोल मार्फत पहिलो हाफको २३ औँ मिनेटमा लिएको थियो । पहिलो हाफ ब्राइटनलाई दबाबमा राख्न सफल टोटनह्यापले जेम्स मेडिसनको गोल मार्फत ३७ औँ मिनेटमा अग्रता दोब्बर पार्न सफल भयो ।

तर दोस्रो हाफमा ब्राइटन खेलमा फर्कियो । ब्राइटनका लागि गाम्बियन फुटबलर यान्कुबा मेन्तहले गोल गर्दै टोटनह्याम्पसँगको अग्रता २-१ मा झारे । त्यसयता ब्राइटनले खेल थप आक्रामक बनायो । उसको लागि ५८ औँ मिनेटमा फर्वाड जर्जिनियो रुटरले गोल गर्दै खेललाई २-२ को बराबरीमा लगे ।

रोमाञ्चक खेलको ६६ औँ मिनेटमा ब्राइटनका इङ्लिस फुटबलर ड्यानी बेलबेकले गोल गरेपछि ब्राइटनले टोटनह्याम्प विरुद्ध कमब्याक जित हासिल गर्न सफल भयो ।

घरेलु दर्शकलाई पहिलो हाफ निराश पारेको ब्राइटनले दोस्रो हाफमा खुसी दिँदै महत्त्वपूर्ण ३ अङ्क जोड्यो । जितपछि ब्राइटनले ७ खेलबाट १२ अङ्क सहित तालिकामा छैटौँ स्थान बनाउँदा टोटनह्याम्पको समान खेलबाट १० अंक रहेको छ र तालिकाको नवौँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *