पानीको सतह घटेसँगै सप्तकोसीमा पुन: चलाउन थालियो जेटबोट – Nepal Press

पानीको सतह घटेसँगै सप्तकोसीमा पुन: चलाउन थालियो जेटबोट

धरान । सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ । नदीमा जलसतह र बहाव घट्दै गएपछि आजदेखि पुनः सञ्चालन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।

वर्षाले जल सतह बढेकाले असुरक्षाका कारण जेटबोट बन्द भएको थियो ।

सीडीओ तिवारीले भने, ‘चाडवाडको समयमा यात्रुहरू आवतजावत सहज बनाउने उद्देश्यले सेवा सुरू गरिएको हो ।’

हाल सुनसरीको चतरादेखि बराहक्षेत्र हुँदै भोजपुरको सिमाना हतुवागढीसम्म जेटबोट सञ्चालन हुँदै आएको छ । जेटबोट सञ्चालन भएसँगै भोजपुर, खोटाङलगायत क्षेत्रका सर्वसाधारणलाई आउजाउ गर्न सहज भएको छ ।

आज बिहान चतरा पुगेर प्रजिअ तिवारीसँगै सुनसरीका एसपी सुमन तिमल्सिनालगायत सुरक्षा अधिकारीले निरीक्षणसमेत गरेका छन् ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *