नदीमा डुबेर महोत्तरीमा एक बालिकाको मृत्यु – Nepal Press

नदीमा डुबेर महोत्तरीमा एक बालिकाको मृत्यु

जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिका-९ सिमरदहीमा रहेको बिग्ही नदीमा बेपत्ता एक बालिकाको शव फेला परेको छ ।

नदीमा मटिहानी नगरपालिका ९ कै बीरेन्द्र मण्डलकी १५ वर्षीया छोरी आरती कुमारी मण्डलको शव फेला परेको हो । आज बिहान करिब १० बजे नदीमा नुहाउन पुगेकी स्थानीय वीरेन्द्र मण्डलकी १५ वर्षीया छोरी आरतीकुमारी मण्डल बेपत्ता भएकी थिइन् ।

स्थानीय मोसाफिर सहनी र छेदी सहनीले करिब तीन घण्टासम्म खोजेपछि आरतीको शव भेटिएको वडाध्यक्ष मदन चौधरीले बताए ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाउने तयारी भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर