पाँचखालका मेयर खेरलले ३ वर्षको तलब १५ लाख रुपैयाँ बाढीपहिरो प्रभावितलाई दिने – Nepal Press

पाँचखालका मेयर खेरलले ३ वर्षको तलब १५ लाख रुपैयाँ बाढीपहिरो प्रभावितलाई दिने

काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले आफनो तलब भत्ता बापत आउने रकम जिल्लाका विभिन्न पालिकाका बाढीपहिरो प्रभावितका लागि समर्पण गरेका छन् ।

अब बाँकी ३ वर्षको कार्यकालमा आफूले तलब भत्तालगायत सुविधाबात पाउने १५ लाख रुपैयाँ बाढीपहिरो प्रभावितका लागि सम्बन्धित पालिकामार्फत हस्तान्तरण गर्ने बताएका छन् ।

आइतबार बसेको कार्यपालिकाको बैठकबाट आधिकारिक निर्णय नै गराएर उनले सेवा सुविधाबापतको रकम काभ्रे जिल्लाका प्रभावित पालिकाका प्रभावितका लागि सहयोग गर्ने घोषणा गरेका हुन् ।

यो वर्ष काभ्रे प्राकृतिक प्रकोपबाट तहसनहस भएको छ । बाढीपहिरोले गर्दा काभ्रेमा मानवीय क्षतिका साथै निजी आवास, सडक, जलविद्युत्, शैक्षिक संस्था, कृषि, व्यवसायलगायत क्षेत्रमा ठूलो क्षति भएको छ ।

खरेल नेपाली कांग्रेसका नेतासमेत हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर