काठमाडौंबाट भोजपुर जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, दुईजनाको मृत्यु – Nepal Press

काठमाडौंबाट भोजपुर जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, दुईजनाको मृत्यु

कमलामाई (सिन्धुली) । काठमाडौंबाट भोजपुर जाँदै गरेको यात्रुवाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना भएको छ । दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ ।

बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले बताए ।

थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर